Logo

एनआईसी एशियाको शाखारहित बैंकिङ सेवा रघुनाथपुरमा, शाखा संख्या २८ पुग्यो

एनआईसी एशियाको शाखारहित बैंकिङ सेवा रघुनाथपुरमा, शाखा संख्या २८ पुग्यो



काठमाडौं । एनआईसी एशिया बैंकले महोत्तरीको सोनमा गाउँपालिका ३ रघुनाथपुरमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ ।

बैंकले विस्तार गरेको उक्त शाखाको बर्दिबास उप–प्रादेशिक कार्यालयका प्रमुख विवेक बन्धु न्यौपानेले उद्घाटन गरेका छन । उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिमा भने उमेश कुमार यादवलाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् ।

उक्त सेवामार्फत स्थानीयबासीहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

बैंकले २ सय ८३ शाखा, २ सय ८९ एटिएम, ४१ एक्स्टेन्सन काउण्टर एवं २८ शाखारहित बैंकिङ ईकाईमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकको वासलातको आकार २ खर्ब ११ अर्ब रुपैयाँ भन्दा बढि पुगेको छ । बैंकको कुल निक्षेप करिब १ खर्ब ६९ अर्ब रुपैयाँ र कुल कर्जा करिब १ खर्ब ४४ अर्ब रुपैयाँ रहेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL