Logo

एभरेष्ट बैंक र धुलिखेल माउन्टेन रिजर्टबीच सम्झौता, सेवामा १० प्रतिशत छुट

एभरेष्ट बैंक र धुलिखेल माउन्टेन रिजर्टबीच सम्झौता, सेवामा १० प्रतिशत छुट



काठमाडौं । एभरेष्ट बैंक र धुलिखेल माउन्टेन रिजर्टबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकलाई उक्त रिजर्टमा आवास, स्पा, रेस्टुराँ तथा बारको सेवामा १० प्रतिशत छुट पाउने भएको छ ।

बैंकका ग्राहकले उक्त सेवा लिन भने बैंकको एटिएम कार्ड वा क्रेडिट कार्ड देखाउनु पर्ने छ । बैंकले ९४ शाखा, २८ राजस्व संकलन काउन्टर तथा १ सय १६ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL