Logo

सुप्रिमको नाफा २ गुणाले बृद्धि, खराबकर्जामा भारी कटौती

सुप्रिमको नाफा २ गुणाले बृद्धि, खराबकर्जामा भारी कटौती


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१० बैंशाख, काठमाडौं । सुप्रिम डेभेलपमेण्ट बैंकले चालू आर्थिक वर्षको पहिलो ९ महिनामा ४ करोड ३५ लाख ७१ हजार खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २ करोड ८१ लाख रुपैयाँ (१ सय ८२ प्रतिशत) बढी हो । गत आवको सो अवधिमा बैंकले १ करोड ५४ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो ।

अघिल्लो वर्षको तुलनामा खराब कर्जाको दरमा भारी कटौति गर्न सफल भएपछि बैंकको नाफामा सुधार भएको हो । गत वर्ष ६ दशमलव ९ प्रतिशत रहेको निष्कृय कर्जाको दर गत चैत मसान्तसम्ममा २ दशमलव ८२ प्रतिशतमा झार्न बैंक सफल भएको छ । यसले नाफामा सहयोग पुगेको हो ।

सो अवधिमा बैंकको कर्जा निक्षेप अनुपात पनि बढेको छ । चालू आवको चैत मसान्तमा सो अनुपात बढेर ७९ प्रतिशत पुगेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL