Logo

बैंक अफ काठमाण्डूले बढायो ३५ प्रतिशत नाफा, प्रतिफलमा पनि सुधार

बैंक अफ काठमाण्डूले बढायो ३५ प्रतिशत नाफा, प्रतिफलमा पनि सुधार


रामराजा श्रेष्ठ
0
Shares

विजखबर संवाददाता

९, वैशाख । बैंक अफ काठमाण्डू (बीओके)ले चालू आर्थिक वर्षको पहिलो ९ महिनामा ४८ करोड ४ लाख २१ हजार खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको सोही समयको तुलनामा ३५ दशमलव ३३ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्ममा बैंकले ३५ करोड ४९ लाख ९९ हजार नाफा कमाएको थियो ।

गत वर्षको तुलनामा राइट ब्याक घटेको, ब्याजदर अन्तर घटेको र गैर सञ्चालन आम्दानीमा समेत खासै बृद्धि नभएको अवस्थामा पनि बैंकले १६ करोड २० लाख २२ हजार रुपैयाँ खुद व्इाज आम्दानी बढाउन सफल भएको छ । यही कारण बैंकको नाफा बढ्न टेवा पुगेको हो ।

नाफा बढेपछि बैंकको शेयरमा प्रतिफल (आरओई) गत वर्षको तुलनामा ३ दशमलव ३ प्रतिशत विन्दु बढेर १६ दशमलव १६ दशमलव ७६ प्रतिशत पुगेको छ । त्यस्तै बैंकले सञ्चित कोषमा १५ करोड ९३ लाख रुपैयाँ थपेर १ अर्ब ९० करोडभन्दा बढी पुर्याएको छ ।
बैंकले तेस्रो त्रैमाससम्ममा ३७ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरेर ३२ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL