Logo

एचएन्ड बी अव सोसाइटी डेभलपमेन्ट बैंक, नाम बद्नाम भएकोले परिवर्तन गरिएको

एचएन्ड बी अव सोसाइटी डेभलपमेन्ट बैंक, नाम बद्नाम भएकोले परिवर्तन गरिएको


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

८ बैशाख,काठमाडौं । एचएन्डबी डेभलमेन्ट बैंकले आफ्नो नाम सोसाइटी डेभलपमेन्ट बैंक राखेको छ । बैंकले मंगलवारदेखि नाम परिवर्तन गरेको गरेको हो ।
हिमचुली विकास बैंक र वीरगञ्ज फाइनान्स मर्ज भएर राष्ट्रिय स्तरको विकास बैंक बनेको सो बैंकले मंगलवारदेखि नयाँ नामबाट कारोवार सुरु गरेको छ ।

गुड फर पेमेन्ट चेक दुरुपयोगपछि विवादमा आएको बैंकलाई राष्ट्र बैंकले केही महिनाअघि कारवाही फुकुवा गरेको थियो । बैंकको पुरानो नाम वद्नाम भएकोले नयाँ नाम राखिएको बताइएको छ ।

बैंकको नवौं बार्षिक साधारणसभाले नाम परिवर्तन गर्ने प्रस्ताव पारित गरेको थियो । ८९ करोड ७९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले ३० शाखा र १ एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL