Logo

प्रभुको ३ ठूला तहमा नयाँ नेतृत्व, डेप्युटि सिइओमा मानन्धर नियुक्त

प्रभुको ३ ठूला तहमा नयाँ नेतृत्व, डेप्युटि सिइओमा मानन्धर नियुक्त


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

laxmi

६ बैशाख,काठमाडौं । प्रभु बैंकले नायव प्रमुख कार्यकारी अधिकृत,नायव महाप्रबन्धक र वरिष्ठ महाप्रवन्धकमा ३ जनालाई नियुक्त गरेको छ ।

बैंकले बैशाख १ गतेदेखि लागू हुनेगरी ३ जनालाई जिम्मेवारी दिउको हो । जसमध्ये नायव प्रमुख कार्यकारी अधिकृतमा प्रमुख व्यापार अधिकृतका रुपमा कार्य गरिरहेका तारा मानन्धरलाई नियुक्त गरेको छ ।

उनले बैंक मर्जरपछि बैंकको व्यापार र व्यवसाय वृद्धिको लागि रणनैतिक तथा दीर्घकालिन नीतिगत योजना बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सो जिम्मेवारी दिइएको बैंकले जानकारी दिएको छ ।

मानन्धर यसअघि स्ट्यान्डर्ड चार्टर्ड बैंकमा कार्यरत थिए । बैंकिङ क्षेत्रमा उनको १४ बर्षको अनुभव छ ।

त्यसैगरी सचिनजङ रायमाझीलाई बैंकले नायव महाप्रबन्धकमा नियुक्त गरेको छ । उनको १३ बर्षको अनुभव छ । अब उनले प्रमुख सञ्चालन अधिकृतको रुपमा काम गर्ने छन् ।

राष्ट्र बैंक, एनसीसी तथा मेगा बैंकमा पनि काम गरिसकेका छन् । यता विपिन राजभन्डारीलाई बैंकले बरिष्ठ प्रबन्धक बनाएको छ । बैंकिङ क्षेत्रको सुचना प्रविधिमा विशेष दखल उनले बैंकको सुचना प्रविधि विभागको प्रमुखका रुपमा काम गर्ने छन् ।

राजभण्डारीसँग सम्बन्धित क्षेत्रको १६ वर्षको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्
MBL