Logo

कामना सेवा विकास बैंकको सामाजिक उत्तरदायित्व, कुष्ठरोगका विरामीलाई ह्विलचियर वितरण

कामना सेवा विकास बैंकको सामाजिक उत्तरदायित्व, कुष्ठरोगका विरामीलाई ह्विलचियर वितरण



काठमाडौं । कामना सेवा विकास बैंकले कुष्ठ रोगका विरामीहरुलाई ह्विलचियर वितरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा हरियोखर्क स्थित कुष्ठरोग अस्पतालमा आयोजित एक कार्यक्रमका बीच उक्त विरामीहरुलाई ह्विल चियर प्रदान गरेको हो ।

बैंकले ६६ औ विश्व कुष्ठरोग दिवस को अवसर पारेर लायन्स क्लव अफ पोखरा सेन्त्र«ल टाउनसँंगको सहकार्यमा सो सहयोग गरेको जानकारी दिएको छ ।

पोखरा महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष प्रकाश पौडेलको प्रमुख आतिथ्यताम र अस्पतालका डाइरेक्टर दिपक मर्हजन, सुपरिटेडेन्ट डा ब्रुस हायस प्रशासक अधिकृत युवराज आचार्य साथै बैंकका सञ्चालक चतुराखर अधिकारी र देवकृष्ण काफ्ले र सहायक महाप्रवन्धक टुवराज बास्तोलाले संयुक्त रुपमा ह्विल चियर हस्तान्तरण गरेका थिए ।

हाल अस्पतालमा ४० जना भन्दा बढी जटिल अवस्थाका विरामीहरु रहेका र बैंकको यो सहयोगले थौरै भएपनि राहत मिल्ने र आगामी दिनमा समेत यस्ता समाजिक कामहरू गर्दै जाने बैंकको नीति रहेको सञ्चालक देवकृष्ण काफ्लेल जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL