Logo

सिटिजन्स बैंकको प्रदेश नं. ६ को प्रादेशिक कार्यालय सुर्खेतमा, सोमबार देखी संचालनमा

सिटिजन्स बैंकको प्रदेश नं. ६ को प्रादेशिक कार्यालय सुर्खेतमा, सोमबार देखी संचालनमा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सोमबार प्रदेश नं ६ को प्रादेशिक कार्यालय सुर्खेतमा स्थापना गरेको छ ।

उक्त कार्यालयको उद्घाटनमा कर्णाली प्रदेशका सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको बैंकले जानकारी दिएको छ ।

प्रदेश अन्तरर्गत बैंकका ७ वटा शाखाहरु ( डोल्पा, जाजरकोट, जुम्ला, हुम्लाको नाम्खा, सर्केगार्ड र सिमिकोट तथा सुर्खेत) बाट व्यापार बिस्तारका साथ साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन लगायतका कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले प्रदेश नं १÷२÷४ र ५ मा आफ्नै सुविधा सम्पन्न भवनमा स्थापना गरिसकेको छ । बैंकले ८१ शाखा, ७५ एटिएम र ९९ शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL