Logo

बैंक र इन्स्योरेन्स कम्पनीबीच नियमविपरित बैंकास्योरेन्स सम्झौता, सम्झौता एउटा काम अर्कै

बैंक र इन्स्योरेन्स कम्पनीबीच नियमविपरित बैंकास्योरेन्स सम्झौता, सम्झौता एउटा काम अर्कै



काठमाडौं । नेपालमा हालसम्म हुँदै आएको बैंकास्योरेन्स सम्झौता गैरकानुनी भएको पाईएको छ । नेपालका बैंकहरुले विभिन्न बीमा कम्पनीको सहकार्यमा गर्दै आएको बैंकास्यारेन्स सम्झौता गैरकानुनी भएको पाईएको हो ।

बीमा समितिबाट बैंक तथा वित्तीय संस्थाहरुले बीमा कम्पनीहरुबाट संस्थागत अभिकर्ता (एजेन्ट) को लाईसेन्स लिएपनि उक्त सम्झौतालाई बैंक्यास्योरेन्स भन्दै प्रचार गर्दै आएका छन् । नेपालमा हालसम्म बैंकास्योरेन्सको कुनै ऐन नियम कानुन तथा व्यबस्था नभएपनि बैंकहरुले बीमा कम्पनीसँग कानुन विपरित बैंकास्योरेन्स भन्दै आएका छन ।

नेपालका बीमा कम्पनीहरुले आफ्नो प्रचारबाजीका लागि गरिएको उक्त विवादित विषयमा बीमा समिति भने मौन रहेको एक विज्ञले जानकारी दिए । ‘बीमा कम्पनीहरुले आफ्नो प्रचारबाजीका लागि विभिन्न बैंकसँग संस्थागत अभिकर्ताको सम्झौतालाई बंैकास्योरेन्स सम्झौता भन्न मिल्दैन,’ ती विज्ञले भने, बैंकास्योरेन्स भनेको बैंकले नै आफ्ना ऋणी तथा सेवाग्राहीलाईमात्रै लक्षित गरेर ल्याईने छुट्टै सेवा हो, जसका लागि बीमा समितिले नै बैंकलाई छुट्टै इजाजत प्रदान गर्नेछ ।’ हाल बैंक र बीमा कम्पनीबीच भएको सम्झौता इन्स्योरेन्स कम्पनीले बैंकलाई प्रदान गरेको संस्थागत एजेण्ट मात्र भएको उनको भनाई थियो ।

बैंकहरुले संस्थागत अभिकर्ताको लाईसेन्स लिएर जनतालाई कुनै कम्पनीका बीमा पोलिसीहरु बेच्ने तथा सोही अनुरुप कमिसन लिँदै आएका छन । यस्तै बीमा समितिले पनि बैंक तथा बीमा एजेन्टको सम्झौता गर्दै बैंकाइन्स्योरेन्स प्रचारबाजी गर्दै आएकोमा त्यसलाई रोक्न हुनै प्रक्रिया अघि बढाएको छैन । अहिलो भएको सम्झौता कुनै इन्स्योरेन्स कम्पनीले विभिन्न वाणिज्य बैंकहरुलाई संस्थागत अभिकर्ताका लाईसेन्स दिएको बैंकहरुले कुनै बीमा कम्पनीसँग सम्झौता गरी बीमा पोलिसी बिक्री गर्ने काम मात्र गरेको बीमा समितिका एक उच्च अधिकारीले बताए ।

हालसम्म कुनै पनि बैंकलाई बीमा समितिले बैंकास्योरेन्सको ईजाजत प्रदान नगरेको समेत उक्त स्रोतको भनाई थियो । ‘अहिलेसम्म नेपालमा बैंकास्योरेन्स गर्न मिल्ने कानुन नै छैन,’ समितिका ती अधिकारीले भने, ‘तर बैंक र बीमा कम्पनीले कस्तो खालको सम्झौता गरेर बैंकास्योरेन्स भनेर प्रचार गर्दैै आएको छ त्यो समितिलाई थाहा भएन ।’

तर, बीमा समितिले बैंकास्योरेन्स सम्बन्धी इजाजत दिनका लागि भर्खरै मात्र सो सम्बन्धी मस्यौदा तयार पारेको जानकारी दिएको छ । उक्त मस्यौदा पारित भएर आएपछि मात्र बैंकहरुलाई बैंकास्योरेन्सको ईजाजत दिन सकिने बीमा समितिले जानकारी दिएको छ ।

यसैगरी समितिले पनि हाल बैंकहरुले बीमा कम्पनीहरुसँग गरिएको उक्त संस्थागत अभिकर्ताको सम्भौतालाई बैंकास्योरेन्स भनेर प्रचार गरिनु गैरकानुनी काम भएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्