Logo

सिटिजन्स बैंकको अत्याधुनिक वेबसाइट सार्वजनिक, घरबाटै खाता खोल्न मिल्ने

सिटिजन्स बैंकको अत्याधुनिक वेबसाइट सार्वजनिक, घरबाटै खाता खोल्न मिल्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो अत्याधुनिक वेबसाइट सार्वजनिक गरेको छ । यस वेबसाइटलाई डब्लुडब्लुडब्दु डट सिटिजेएन बैंक डट कममा हेर्न सकिने छ ।

सो वेबसाइट डाइनामिक भर्सनमा स्तरोन्नती गरिएकोले स्मार्ट फोनबाट पनि हेर्न मिल्ने बैंकले जानकारी दिएको छ ।

वेबसाइटमा घरबाट नै खाता खोल्न मिल्ने तथा कर्जाको लागि आवेदन दिन मिल्नेलगायत सुबिधा उपलब्ध छन् । अनलाइन आस्वा,डिम्याट, मेरो सेयर,स्मार्ट बैंकिङलगायत आकर्षण यो वेबसाइटमा छ ।

नयाँ वेबसाइट सार्वजनिक गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले समयको प्रवाहसंग बैंक चल्दै आएकोे कुरा व्यक्त गरे ।

आगामी दिनहरुमा पनि बैंक नयाँ प्रविधिलाई आत्मसाथ गर्दै नेपाली जनताको घर दैलोमा बैंकिंग सेवालाई सरल र छरितो रूपमा पुर्याउन बैंक कटिवद्ध रहेको कुरा जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL