सानिमा बैंकका सिइओ दाहालको कार्यकाल ४ बर्षका लागि थप


बिजखबर संवाददाता
13 November, 2017 3:29 pm

काठमाडौं । सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालको कार्यकाल ४ बर्षका लागि थपिएको छ ।

Bajaj
Nabil_bank

बैंकले सोमबार नेपाल स्टक एकस्चेन्ज लिमिटेडलाई सो जानकारी गराएको हो ।

बैंकको आइतबार बसेकोे बोर्डको बैठकले दाहालको कार्यकाल ४ बर्षका लागि थप्ने निर्णय गरेको थियो । बैंकले आगामी माघ १२ गतेदेखि लागु हुने गरि कार्यकाल थप गरेको जानकारी दिएको छ ।

उनले २२ वर्ष नबिल बैंकमा विताएका थिए । दाहाल सानिमामा डेपुडी सिइओका रुपमा भित्रिएका थिए। सात महिनापछि उनी सिइओ भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Nepal_telecom
connect_Ips