काठमाडौं । एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)बीच सम्झौता भएको छ । दाँतको उपचार सेवामा विशेष छुट प्रदान गर्ने गरी दुई निकायबीच सम्झौता सम्पन्न भएको हो ।
सम्झौताअनुसार एनआईसी एशिया बैंकका ग्राहकले कान्तिपुर डेन्टलका विभिन्न शाखाहरूमा उपचार गराउँदा डिजिटल भुक्तानीमार्फत १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरूले जनरल हस्पिटल सेवामा १५ प्रतिशत, फिजिओथेरापी, आई ग्लास र जनरल डेन्टल सेवामा १० प्रतिशत तथा दाँतको विशेष उपचार सेवामा ७ प्रतिशत छुट प्राप्त गर्नेछन् ।
उक्त छुट काठमाडौंको जोरपाटीस्थित केडीसी एस्थेटिक सेन्टररकान्तिपुर डेन्टल सेन्टर, पोखराको न्युरोडस्थित कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्स एण्ड डेन्टल हस्पिटल तथा काठमाडौंको सतुंगल, चितवनको भरतपुर र बुटवलको भलवारी तिलोत्तमास्थित कान्तिपुर डेन्टल सेन्टरमा उपलब्ध हुनेछ ।
यस सुविधाको लाभ लिन ग्राहकले एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्नु पर्नेछ, अथवा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।