Logo

सानिमा बैंकको ‘अन्तर बैंक टेलर क्युआर सेवा सञ्चालनमा, फोनपेसँगको सहकार्यमा सुरुवात

सानिमा बैंकको ‘अन्तर बैंक टेलर क्युआर सेवा सञ्चालनमा, फोनपेसँगको सहकार्यमा सुरुवात



काठमाडौं । सानिमा बैंकले डिजिटल बैंकिङ प्रविधिको नयाँ अध्याय सुरू गर्दै ‘अन्तर बैंक टेलर क्युआर कारोबार सेवा’ सञ्चालनमा ल्याएको छ। बैंकले यो सेवा फोनपे नेटवर्कसँगको सहकार्यमा सुरु गरेको हो।

नयाँ सेवाको माध्यमबाट ग्राहकले फोनपे नेटवर्कमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप प्रयोग गरी सानिमा बैंकको जुनसुकै शाखाबाट सहजै रकम झिक्न सक्नेछन्।

बैंकका अनुसार यो सेवा विशेषतः दुर्गम स्थानका शाखा तथा सीमित एटीएम पहुँच भएका ग्राहकहरूलाई लक्षित गर्दै ल्याइएको हो। यस्तो सेवा आपतकालीन अवस्थामा ग्राहकलाई तत्कालिक रुपमा आवश्यक रकम निकाल्न थप सहज बनाउने उद्देश्यले ल्याइएको हो।

सानिमा बैंकले यो सेवा अन्य डिजिटल कारोबारमा पनि प्रयोग गर्न सकिने जनाएको छ। जस्तै, अनलाइन सेवा शुल्क तथा एफसीवाई सटही भुक्तानी जस्ता कारोबारमा समेत यो सेवा उपयोगी हुने बताइएको छ।

हाल सानिमा बैंकले देशभर सातै प्रदेशमा १३४ वटा शाखा र १२७ वटा एटीएममार्फत सेवा दिइरहेको छ। बैंकले भविष्यमा यस्ता डिजिटल सेवाहरू थप विस्तार गर्दै लैजाने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्