काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंको गुह्येश्वरीस्थित बाल सारथी एकेडेमीका विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण गरेको छ।
आर्थिक रूपमा विपन्न तथा परिवारबाट टाढा रहेका बालबालिकालाई शिक्षण प्रदान गरिरहेको एकेडेमीमा आयोजित कार्यक्रममा बैंकको मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले विद्यार्थीहरूलाई कापी, पेन्सिललगायतका शैक्षिक सामग्री हस्तान्तरण गरिन् ।
बाल सारथी एकेडेमीका अध्यक्ष डा. माला खरेलले सहयोगका लागि सांग्रिला डेभलपमेन्ट बैंकलाई धन्यवाद दिँदै उक्त सामग्रीले विद्यार्थीहरूको पठनपाठनमा सहजता ल्याएको बताईन् ।
आम नागरिकको विश्वास र भरोसाका कारण सांग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीलाई पालन गर्दै आएको बैंकले आगामी दिनहरूमा आफ्ना सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।