Logo

नबिल बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्ने, ७ प्रतिशत ब्याजदर

नबिल बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्ने, ७ प्रतिशत ब्याजदर



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नबिल बैंक लिमिटेडलाई ऋणपत्र निष्काशनका लागि अनुमति प्रदान गरेको छ । बोर्डले बैंकलाई असार १२ गते ‘७% नबिल डिबेन्चर २०८९’ निष्काशन गर्नका लागि अनुमति प्रदान गरेको हो ।

सेबोनले बैंकलाई १ हजार रूपैयाँ अंकित दरका ३ अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशनको अनुमति दिएको हो । जसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट र १२ लाख कित्ता सार्वजनिक निष्काशन मार्फत बाँडफाँट हुनेछ।

यो ८ वर्षे अवधिको ऋणपत्र हो भने यसमा ७ प्रतिशत ब्याजदर तोकिएको छ। क्रेडिट रेटिङ संस्थाले यसलाई इक्राएनपी–आईआर एप्लस रेटिङ दिएको छ। बैंकको निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This