Logo

ग्लोबल आइएमई बैंकको डलर कार्डमा रियल टाइम लोड सुविधा सुरु, डिजिटल भुक्तानी सहज

ग्लोबल आइएमई बैंकको डलर कार्डमा रियल टाइम लोड सुविधा सुरु, डिजिटल भुक्तानी सहज



काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्मार्ट प्लस’ मोबाइल एपमार्फत ई–कम डलर कार्डमा वास्तविक समयमै रकम लोड गर्न सकिने सुविधा सुरु गरेको छ। अब ग्राहकहरूले अमेरिकी डलर आफ्नै मोबाइल एप प्रयोग गरेर तुरुन्तै कार्डमा लोड गर्न सक्नेछन्, जसबाट अन्तरराष्ट्रिय अनलाइन किनमेल, सेवा सदस्यता तथा अन्य डिजिटल भुक्तानी सहज हुने बैंकले जनाएको छ।

यो कार्ड भिसा ब्रान्डको हुनेछ र अन्तरराष्ट्रिय कारोबारका लागि मान्य हुनेछ। यस कार्डमार्फत वार्षिक रूपमा अधिकतम पाँच सय अमेरिकी डलरसम्मको कारोबार गर्न सकिनेछ। ग्राहकहरूले कार्डको आवेदन पनि मोबाइल एपमार्फत अनलाइन रूपमा दिन सक्नेछन्, जसले बैंक शाखामा जानुपर्ने झन्झट हटाउनेछ।

ग्लोबल स्मार्ट प्लस एपबाट खाताको व्यवस्थापन, रकम स्थानान्तरण, बिल भुक्तानी, क्यूआर पेमेन्ट, वालेट लोड जस्ता सेवा पहिलेदेखि नै उपलब्ध थिए। अब थपिएको वास्तविक समय डलर कार्ड लोड सुविधा एपको विशेष आकर्षणका रूपमा रहेको छ।

कार्ड जारी शुल्क पाँच सय रूपैयाँ तोकिएको छ भने मोबाइल एपमार्फत डलर लोड गर्दा कुनै शुल्क लाग्दैन। वार्षिक नवीकरण शुल्क तीन सय रूपैयाँ निर्धारण गरिएको छ।

यस सुविधाले ग्राहकलाई समय, ऊर्जा र लागतमा बचत गर्नुका साथै अन्तर्राष्ट्रिय अनलाइन सेवा तथा कारोबारमा सजिलो पहुँच प्रदान गर्ने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया दिनुहोस्