काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा प्राडा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई केन्द्रिय बैंकको १८ औं गभर्नरमा नियुक्त गर्ने निर्णय गरेकाे हो । यसअघि गभर्नर सिफारिस समितिले मंगलबार नै पौडेलसहित निलम ढुंगाना र दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो । यससँगै पछिल्लो डेढ महिनादेखिको गभर्नर नियुक्तीको रस्साकस्सी सकिएको छ ।