Logo

बैंकहरुले जेठका लागि पनि घटाए ब्याजदर, औसत ब्याज ५.९४ प्रतिशत

बैंकहरुले जेठका लागि पनि घटाए ब्याजदर, औसत ब्याज ५.९४ प्रतिशत



काठमाडौं । वाणिज्य बैंकहरूको औसत मुद्दती निक्षेपको ब्याजदरमा जेठ महिनामा सामान्य कमी आएको छ । व्यक्तिगत मुद्धती निक्षेपका लागि जेठ महिनाको औसत ब्याजदर ५.९४ प्रतिशत कायम भएको छ । वैशाखमा यो दर ५.९८ प्रतिशत रहेको थियो। यो कमीले औसतमा २० वटा बैंकहरूको ब्याजदर ०.०४ प्रतिशतले घटेको देखिन्छ। एक महिनाको अवधिमा ३ बैंकले ब्याजदर घटाएका छन्, १४ बैंकले वैशाखको दरलाई निरन्तरता दिएका छन् भने ३ बैंकले ब्याजदरमा वृद्धि गरेका छन्।

पछिल्लो समय बजारमा कर्जाको न्यून मागका कारण बैंकहरुले ब्याजदर निरन्तर घटाउँदै आएका छन् । हालको ब्याजदर परिवर्तनले बेस रेटमा पनि प्रभाव पर्न सक्ने अनुमान गरिएको छ। बेस रेट घट्नाले कर्जाको ब्याजदरमा थप गिरावट आउन सक्छ । यद्यपि यो घटाइले बचतकर्ताहरूको बचत गर्ने प्रवृत्तिमा भने कमी ल्याउन सक्ने जोखिम पनि उत्तिकै छ।

वाणिज्य बैंकहरुले जेठका लागि प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार नेपाल इनभेस्टमेन्ट मेगा बैंकले ब्याजदर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशतमा झारेको छ । यो बैशाखको तुलनामा १ प्रतिशतले कम हो । यस्तै, सिद्धार्थ बैंकको दर ६ प्रतिशतबाट ५.७५ प्रतिशतमा झर्दा सानिमा बैंकले भने ब्याजदर ५.९५ प्रतिशतबाट ६.३३ प्रतिशतमा वृद्धि गरेको छ ।

अर्कोतर्फ, ब्याजदर घटाइले बचतकर्ताहरूलाई प्रभावित गर्न सक्छ। जेठमा नेपाल बैंकको ब्याजदर ५.१५ प्रतिशतबाट ५.४५ प्रतिशतमा वृद्धि भएको ०.३० प्रतिशतको वृद्धि हो । यस्तै कुमारी बैंकले ५.९२ प्रतिशतबाट घटाएर ५.७१ प्रतिशतमा झारेको छ ।

प्रतिक्रिया दिनुहोस्