Logo

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको ३५ औँ वार्षिकोत्सव कार्यक्रमका सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको ३५ औँ वार्षिकोत्सव कार्यक्रमका सम्पन्न



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३५ औँ वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमकाबीच आइतबार सम्पन्न भएको छ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले एक समारोहकाबीच ३५ औँ वार्षिकोत्सव मूल कार्यक्रमको समुद्घाटन गरेका हुन् ।

सो अवसरमा उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले बोनस तथा कर लयागतका विषयमा कर्मचारी प्रति असमान रहेका विषयमा सरकारले सहयोगपूर्ण रूपमा हेर्ने नीति लिनुपर्ने बताए । उनले जनताको सेवा गर्दा कर्मचारीले आफूले पाउनुपर्ने सुविधा डटेर लिनुपर्ने बताए ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पाण्डेयले कर्मचारीहरूको तर्फबाट उचित ढङ्गले राखिएका सम्पूर्ण मागहरू व्यवस्थापनले सम्बोधन गर्नुपर्ने अन्यथा ट्रेड युनियन ऐन अनुसार अगाडि बढ्ने बताए । सो कार्यक्रममा पेशागत महासंघ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकालेले आफ्नो हक हितको लागि उठाइएका माग प्रति महासंघ सधैँ साथमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This