Logo

मुक्तिनाथ विकास बैंकद्वारा सामाजिक उत्तरदायित्वअन्तर्गत वृक्षरोपण कार्यक्रम आयोजना

मुक्तिनाथ विकास बैंकद्वारा सामाजिक उत्तरदायित्वअन्तर्गत वृक्षरोपण कार्यक्रम आयोजना



काठमाडौं । मुक्तिनाथ विकास बैंकले दुई अलग अलग जिल्लामा सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षरोपण कार्यक्रम आयोजना गरेको छ ।

laxmi

कम्पनीले इलाम जिल्लास्थित इलाम नगरपालिकाको चियाबारी–७ र पाटेनागी-१ मा करिब २५० वटा तथा महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाको किसन नगर-६ मा १०० वटा कागतीका विरुवाहरुको वृक्षरोपण गरेको हो ।

कम्पनीले यस्तो खालको कार्यक्रमले हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तन विरुद्ध लड्न योगदान पु¥याउने बताएको छ ।

कार्यक्रममा बैंकका कर्मचारीहरु, अभियानकर्ता तथा स्थानिय नगरबासीहरुको उपस्थिति थियोे । कम्पनीले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भीसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL