Logo

हायर पर्चेज कर्जाको जोखिमभार घट्यो, बैंकलाई पुजीकोष व्यवस्थापनमा सहज (मौद्रिक नीतिको पूर्णपाठ)

हायर पर्चेज कर्जाको जोखिमभार घट्यो, बैंकलाई पुजीकोष व्यवस्थापनमा सहज (मौद्रिक नीतिको पूर्णपाठ)



काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । हालसम्मका आर्थिक परिदृष्यलाई मध्यनजर गर्दै राष्ट्र बैंकले तेस्रो समीक्षा गरेको हो ।

तेस्रो समीक्षामा राष्ट्र बैंकले हायरपर्चेज प्रकृतिका कर्जाको जोखिमभार केहि घटाएको हो । केन्द्रिय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरिएको हो ।

ल्याउन आवश्यक सहजीकरण गरिन भएको छ । हाल धेरैजसो बैंकहरुले तोकिएको पुँजीकाेष पुर्याउन नसेपछि धमाधम कारबाहीमा पर्दैछन् । यहि समस्यालाई निराकरण गर्न राष्ट्र बैंकले पुँजीकोष सहजीकरणको बाटो अंगालेको हो ।

यस्तै राष्ट्र बैंकले चाँदी आयात तथा वितरणको हालको व्यवस्था केहि परिवर्तन गर्नेसमेत बताएको छ । ‘चाँदी आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिनेछ,’ समीक्षामा भनिएको छ ।
यस्तो छ मौद्रिक नीतिको पूर्णपाठ ।

प्रतिक्रिया दिनुहोस्