Logo

प्रभु बैंकको सामाजिक उत्तरदायित्व, कागबेनीमा क्युआर स्क्यान स्ट्यान्ड स्थापना

प्रभु बैंकको सामाजिक उत्तरदायित्व, कागबेनीमा क्युआर स्क्यान स्ट्यान्ड स्थापना



काठमाडौं । प्रभु बैंकले कागबेनीमा क्यारआर स्ट्यान्ड स्थापना गरेको छ । नगद रहित भुक्तानीमा जोड दिँदै बैँकले कागबेनीमा भक्तजनहरुको सहजीकरण तथा सुबिधाका लागि कागबेनी मन्दिर श्राद्घस्थल व्यबस्थापन समितिलाई एक समारोहका बिच क्यु आर स्ट्याण्ड उपलब्ध गराएका हो ।

laxmi

बहुचर्चित धार्मिकस्थल कागबेनीमा बिशेषगरी बडादसैँ र चैतेदसैँ अघिको सोह्रश्राद्घ तथा औँसी तिथिमा दिवंगत आफन्तहरुको नाममा पिण्डदान र तर्पणका लागि वर्षेनी नेपाल र भारतबाट करिब ११ हजार जनाभन्दा बढी भक्तजनहरुको यो क्षेत्रमा आवागमन हुने गरिएको छ । पिण्ड दान गर्दा दिवंगत भएकाहरुले मुक्ति पाउने धार्मिक विश्वास छ ।

हिमाल पारिको जिल्ला मुस्ताङ्गको विभिन्न गाउँपालिकाहरुमा ७ वटा मात्र शाखा कार्यालय मार्फत सम्पूर्ण बैँकिङ सेवा उपलब्ध गराईरहेको प्रभु बैँक, मुस्ताङ्ग जिल्लाको वित्तिय पहुँचका लागि सारथी बन्ने गरेको मुस्ताङ्गबासीहरु बताउँछन् ।

मुस्ताङ्ग जिल्लाको समुन्नत आर्थिक विकास तथा समृद्धिका लागि प्रभु बैँकले वित्तिय सेवा मात्र नभएर वित्तिय सचेतना तथा समाजिक उत्तरदायित्व निर्वाहमा समेत विशेष ध्यान दिएको प्रभु बैँकको गण्डकी प्रदेश कार्यालयले जनाएको छ ।

प्रभु बैंकका नेपालभर ३ सय १ शाखा कार्यालयहरु, २ सय ८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL