Logo

सहकारी मोडलमा लघुवित्त, ऋणीलाई ४० प्रतिशत सेयर दिनुपर्ने

सहकारी मोडलमा लघुवित्त, ऋणीलाई ४० प्रतिशत सेयर दिनुपर्ने



काठमाडौं । लघुवित्त कम्पनीहरुले आफ्ना ऋणीहरुलाई पनि सेयर दिनुपर्ने व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लाई संसोधन गर्न बनेको विद्येयक संसदमा पेश गर्दै अबका दिनमा लघुवित्त कम्पनीले ऋणीलाई समेत सेयर दिनुपर्ने व्यवस्था गरेको हो ।

laxmi

विद्येयकमा भएको उक्त व्यवस्था अनुसार लघुवित्त कम्पनीहरुले सर्वसाधारणलाई जारी गर्न छुट्याएको सेयरको कम्तीमा ४० प्रतिशत सेयर ऋणी सदस्यहरुलाई दिन पर्ने व्यवस्था गरेको हो । उक्त व्यवस्था अनुसार राष्ट्र बैंकले अब लघुवित्त कम्पनीहरुलाई सहकारी मोडलमा संचालन गर्ने नीति लिएको छ । हाल सहकारीहरुले हरेक ऋणीलाई सेयर बिक्री गरेर मात्र कर्जा प्रबाह गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL