Logo

सेन्चुरी बैंक कर्जा प्रकरण : पक्राउ परेकालाई थप ५ दिन थुनामा राख्न सीआईबीलाई अनुमति

सेन्चुरी बैंक कर्जा प्रकरण : पक्राउ परेकालाई थप ५ दिन थुनामा राख्न सीआईबीलाई अनुमति



काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले न्युन मूल्यांकनको धितोमा अधिक कर्जा प्रवाह गरेको आरोपमा पक्राउ गरेका १० जनालाई थप ५ दिन हिरासतमा राख्ने अनुमति पाएको छ ।

laxmi

यसअघि दुईपटकसम्म म्याद थप गर्दै अनुसन्धान गरिएको उनीहरुलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न लागिएको हो । सेन्चुरी बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत र पूर्व प्रमुख कार्यकारी अधिकृतसहित १० जनालाई पक्राउ गरेको थियो । उनीहरुले न्युन मूल्यांकनको धितोमा अधिक कर्जा प्रवाह गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
MBL