Logo

आईसीएफसीले १७ प्रतिशत बोनस सेयर दिने, स्वीकृतिका लागि राष्ट्र बैंक पठाउँदै

आईसीएफसीले १७ प्रतिशत बोनस सेयर दिने, स्वीकृतिका लागि राष्ट्र बैंक पठाउँदै


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आईसीएफसी फाइनान्सले आफ्ना सेयर धनीलाई १७ प्रतिशत बोनस सेयर दिने भएको छ । बोनस सेयर वितरण सम्बन्धमा फाइनान्स संचालक समितिको हिजो बसेको बैंठकले निर्णय गरेको हो ।

उक्त निर्णयसँगै फाइनान्सले सो वारेमा आजै नेपाल स्टक एक्स्चेञ्जलाई जानकारी गराएको छ । बोनस सेयर वितरणका लागि स्वीकृति लिन केही समयभित्रै नेपाल राष्ट्र बैंकमा पठाउने भएको छ । राष्ट्र बैंकबाट स्वीकृति आएसँगै वितरण प्रक्रिया अघि बढाइएको समेत कम्पनीले जानकारी दिएको छ । साथै, कम्पनीले बोनस सेयरमा लाग्ने कर रकम वापत शुन्य दशमलव ८९ प्रतिशत नगद लाभांस दिने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL