Logo

हिमालयन बैंकद्वारा न्युरोडमा भवन निर्माण शिलान्यास, दरबारमार्गमा भवन निर्माण अन्तिम चरणमा

हिमालयन बैंकद्वारा न्युरोडमा भवन निर्माण शिलान्यास, दरबारमार्गमा भवन निर्माण अन्तिम चरणमा



काठमाडौँ । हिमालयन बैंक लिमिटेडले काठमाडौं न्यूरोडस्थित आफ्नो जग्गामा गत शुक्रबार भवन निर्माणको लागि शिलान्यास गरेको छ ।

laxmi

बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले भवन निर्माणको शिलान्यास गरेका हुन् । उक्त समारोहमा बैंकका संचालकहरु, प्रमुख कार्यकारी अधिकृत, उच्चपदस्थ कर्मचारीहरु लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

अध्यक्ष श्रेष्ठले बैंकले सो भवन निर्माणको लागि शिलान्यास गर्न पाउँदा खुशी व्यक्त गरे । सो अवसरमा उनले देशका विभिन्न प्रमुख शहरहरु जस्तै इटहरी, विरगंज, भैरहवाबाट बैंकले आफ्नै भवनबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको बताए ।

यस्तै काठमाडौको दरबारमार्गमा पनि भवन निर्माण अन्तिम चरणमा पुगेको जानकारी गराए । त्यस्तै बैंकले भरतपुर र नेपालगंजमा पनि निकट भविष्यमा आफ्नै भवन निर्माण गरि ग्राहकहरुलाई सेवा प्रदान गर्ने योजना रहेको बताए ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले भवन निर्माण पश्चात् बैंकले आफ्नै भवनबाट आफ्ना ग्राहकहरुलाई विशेष तथा परिष्कृत बंैकिङ्ग सेवा–सुबिधा प्रदान गर्ने उद्देश्य राखेको बताए । यसबाट बैंकका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL