Logo

मेगाको बोनश सेयर प्रस्ताव राष्ट्र बैंकद्वारा स्वीकृत, २९ गते साधारणसभा

मेगाको बोनश सेयर प्रस्ताव राष्ट्र बैंकद्वारा स्वीकृत, २९ गते साधारणसभा


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

८ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले मेगा बैंकले पेश गरेको बोनश सेयर वितरण प्रस्ताव स्वीकृत गरेको छ । राष्ट्र बैंकले स्वीकृत गरेको निर्णयको जानकारी नेप्सेलाई मंगलबार मात्रै दिएको हो ।

राष्ट्र बैंकको स्वीकृतिसँगै मेगा बैंकले आफ्ना सेयर धनीलाई १२ प्रतिशत बोनश सेयर दिने छ भने कर प्रयोजनका लागि जिरो दशमलव ६३ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ ।

बैंकको संचालक समितिको निर्णय अनुसार पुस १६ गतेदेखि बुक क्लोज हुने भएको छ । यसैगरी पुस २९ गते साधारणसभा गरिने बैंकले जनाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL