Logo

सानिमा बैंकको सेवासम्बन्धी अनुभव मुल्याङ्कन गर्ने सुविधा, क्युआर कोडमार्फत प्रतिक्रिया दिन सकिने

सानिमा बैंकको सेवासम्बन्धी अनुभव मुल्याङ्कन गर्ने सुविधा, क्युआर कोडमार्फत प्रतिक्रिया दिन सकिने



काठमाडौं । सानिमा बैंकका ग्राहकहरुले सम्पूर्ण कार्यालयहरु मार्फत बैंकको सेवा सम्बन्धी आफ्नो अनुभव मुल्याङ्कन गर्ने सुविधा ल्याएको छ । बैंकले ग्राहकहरुको प्रतिक्रिया लिन र बैैकको सेवा मुल्याङ्कन गर्न यो सुबिधा ल्याएको हो ।

laxmi

यस अन्तर्गत सानिमा बैंकका सेवाग्राहीले बैंकको सेवाको अनुभव मुल्याङ्कन गर्ने तथा अनुभवको प्रतिक्रिया दिन सक्नेछन् । बैंकले आफ्नो सम्पूर्ण कार्यालयहरुको काउन्टर र ग्राहक सेवा विभागमा क्युआर कोड उपलब्ध गराएको छ । उक्त क्युआर कोड स्क्यान गरी गा्रहकहरुले बैंकमा आफ्नो अनुभव तत्कालै मुल्याङ्कन गर्ने तथा अनुभवको प्रतिक्रिया दिन सक्नेछन् ।

बैंकले ग्राहक सेवालाई सुधार गर्दै जाने उद्देश्यले यो पहल गरेको हो । सानिमा बैंकको देशको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु तथा १२३ वटा एटिएमहरु संचालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL