Logo

Global_Ime

राष्ट्र बैंकद्वारा गाई अंकित चाँदीका सिक्का विक्री शुरु, १० ग्राम सिक्काको मूल्य १६ सय रुपैयाँ

राष्ट्र बैंकद्वारा गाई अंकित चाँदीका सिक्का विक्री शुरु, १० ग्राम सिक्काको मूल्य १६ सय रुपैयाँ



काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय जनावर गाई अंकित दुई किसिमका चाँदीको सिक्का विक्री सुरु गरेको छ । केन्द्रिय बैंकले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का टकमरी गरी बिक्री सुरु गरेको हो ।

Laxmi_sunrise
Kumari

राष्ट्र बैंक टक्सार महाशाखा सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात पुराना मेसिनहरू मर्मत सम्भार गरी मुद्रणसम्बन्धी कार्य आरम्भसमेत गरेको हो । जसअनुसार नै उक्त सिक्काहरु विक्री सुरु गरेको हो ।

यसअघि राष्ट्र बैंक सञ्चालक समितिको २०८० जेठ १९ गते बसेको बैठकले उक्त १० ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिएको थियो

बरमहलस्थित टक्सार महाशाखामा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरेका हुन् । महाशाखाले १० ग्राम सिक्काको मूल्य १ हजार ६०० र २५ ग्राम सिक्काको मूल्य ४ हजार निर्धारण गरेको छ । राष्ट्र बैंकसँग मौज्दात रहेको चाँदीलाई गलाएर मेडालियन सिक्का टकमरी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
Ghorai
MBL
NTC