Logo

वित्तिय साक्षरता जागरणमा सांग्रिला डेभलपमेन्ट बैंक : भैरहवामा प्रभातफेरी कार्यक्रम सम्पन्न

वित्तिय साक्षरता जागरणमा सांग्रिला डेभलपमेन्ट बैंक : भैरहवामा प्रभातफेरी कार्यक्रम सम्पन्न



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले भैरहवामा प्रभातफेरी सहितको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले वित्तिय साक्षरता जागरणका लागि गएको शुक्रबारका दिन भैरहवा क्षेत्रको बुद्वचोक हुँदै देवकोटाचोक, बैंकरोड, जिल्ला प्रशासन टोल, नारायण टोल र पुन बुद्वचोकमा पुगेर सो प्रभातफेरी सहितको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

laxmi

सो कार्यक्रममा उच्च व्यवस्थापनका कर्मचारी, विभागीय प्रमुखहरु, क्लष्टर प्रमुखहरु र देशभरका सम्पूर्ण शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

यस वित्तिय साक्षरता सम्बन्धी कार्यक्रमले सो क्षेत्रका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL