Logo

कर्जा प्रवाहमा राष्ट्र बैंकको कडाई, २५ लाख माथिको ऋण लिँदा प्यान अनिवार्य

कर्जा प्रवाहमा राष्ट्र बैंकको कडाई, २५ लाख माथिको ऋण लिँदा प्यान अनिवार्य



काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा प्रवाहमा कडाई गरेको छ । मौद्रिक नीतिमा गरिएको व्यवस्था अनुसार राष्ट्र बैंकले शुक्रबार एकिकृत निर्देशनको संशोधन जारी गर्दै अर्ब २५ लाख रुपैयाँ माथिको कर्जा लिने व्यक्तिले अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्ने व्यवस्था गरेको हो । यसअघि ५० लाख रुपैयाँ माथिको कर्जामा गरिएको यस्तो व्यवस्थालाई परिवर्तन गर्दै राष्ट्र बैंकले अब २५ लाखको कर्जामै उक्त व्यवस्था गरिदिएको हो ।

laxmi

यस्तै एकीकृत निर्देशनको निर्देशन नं ३ को वुदा नं ६ अनुसार ऋणी एउटै समूह अन्तर्गत पर्ने भएमा त्यस्तो समूहले २५ लाख वा सोभन्दा बढी रकमको कर्जा लिएको अवस्थामा उक्त समूह अन्तर्गतको कुनै व्यक्तिलाई २५ लाख भन्दा कम रकमको कर्जा प्रवाह गर्नुपरेको अवस्थामा समेत अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिएको हुनुपर्ने व्यवस्था गरिएको छ ।
यसअघि यस्तो व्यवस्था ५० लाख वा सोभन्दा बढी रकमको कर्जामा लागू गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL