Logo

सांग्रिला बैंकद्धारा सामाजिक उत्तरदायित्वअन्तर्गत आदर्श सेवालाई आर्थिक सहयोग

सांग्रिला बैंकद्धारा सामाजिक उत्तरदायित्वअन्तर्गत आदर्श सेवालाई आर्थिक सहयोग



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले महिला आदर्श सेवा केन्द्रलाई आर्थिक सहयोग अन्र्तगत चेक हस्तान्तण गरी सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक सेवा सम्वन्धि कार्य गर्दै आएकोमा यस सहयोग गरेको हो ।

laxmi

यस महिला आदर्श सेवा केन्द नेपाली महिलाहरुमा चेतना जगाउने र आत्मनिर्भरताको विकास गर्ने उद्देश्यले वि. सं २०४० मा स्थापना भएको संस्था हो । यसबीच सो संस्थाले महिला वर्गलाई विभिन्न शिपमूलक तालिम प्रदान गर्दै आइरहेको छ । अहिले संस्थाले आप्mनै भवन निर्माण गरिरहेको क्रममा सो निर्माणमा सघाउन सांग्रिला डेभलपमेन्ट बैंकले केही आर्थिक सहयोग उपलब्ध गराएको हो ।

उक्त महिला आदर्श सेवा केन्द्रलाई बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले चेक हस्तान्तरण गरेका थिए । यस किसिमको सहयोगले उक्त केन्द्रलाई ठूलो मद्दत पुगेको कुरा व्यक्त गर्दै सो महिला आदर्श सेवा केन्द«का अध्यक्ष निरु श्रेष्ठले आफ्नो विचार राखे ।

प्रतिक्रिया दिनुहोस्
MBL