Logo

सनराइज बैंकले एकैपटक संचालनमा ल्यायो दुई शाखारहित बैंकिङ सेवा, सेवा संख्या १०२ पुग्यो

सनराइज बैंकले एकैपटक संचालनमा ल्यायो दुई शाखारहित बैंकिङ सेवा, सेवा संख्या १०२ पुग्यो



काठमाडौं । सनराइज बैंकले सुदूरपश्चिम प्रदेशका २ स्थानमा एकैपटक नयाँ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले गएको शुक्रबार ंकञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका कलुवापुरमा र डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका देवलदिव्यपुरमा गरी दुई नयाँ शाखारहित बैंकिङ सेवा कार्यालय संचालनमा ल्याएको हो ।

laxmi

उक्त शाखारहित बैंकिङ सेवाहरु संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ संख्या १०२ पुगेको छ । बैंकले सेवा सञ्चालनका लागी कृष्णपुरका करम सिंह राना र देवलदिव्यपुरका नरेश भट्टलाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ । सो शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।

बैंकको हाल १ सय ३९ वटा शाखा, १३ वटा एक्सटेन्सन काउण्टर, १ सय ६२ वटा एटिएम र १ सय २ वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL