Logo

सिटिजन्स बैंक १७औं वर्षमा प्रवेश, अझै सशक्त रूपमा प्रस्तुत हुने लक्ष्य

सिटिजन्स बैंक १७औं वर्षमा प्रवेश, अझै सशक्त रूपमा प्रस्तुत हुने लक्ष्य



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गरेको छ । विस २०६४ बैशाख ७ गतेदेखि २० औं वाणिज्य बैंकको रुपमा स्थापना भएका यस १६ वर्षको अवधि पार गरिसक्दा बैंकले करिव १५ लाख ५५हजार ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ । सातवटै प्रदेशमा फैलिएको १८२ वटा शाखाहरु मार्फत चालु आर्थिक बर्षको तेसो्र त्रैमास सम्ममा बैंकको कूल निक्षेप करिव रु १ खर्व ६२ अर्व रहेकोमा कर्जा तर्फ रु १ खर्व ४३ अर्व रहेको छ र यसै अवधिमा करिव रु १ अर्व २४ करोड खुद मुनाफा गर्न सफल भएको छ ।

laxmi

बैंकले १६औं बार्षिकोत्सवको अवसरमा बैशाख ७ गते बिहानै सातवटै प्रदेशमा करिव ९४२ जनाको सहभागितामा प्रभातफेरी कार्यक्तम योजना गरेको छ जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखिकरण हुने अपेक्षा बैंकले लिएको छ । साथै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले ‘रतmदान नै जिवनदान’ भन्ने नारालाई सार्थक बनाउदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केहि हद सम्म भए पनि पुरा होस् भन्ने अभिप्रायका साथ ‘नेपाल रेडक्रस सोसाईटी’ संगको सहकार्यमा सातवटै प्रदेशका कूल २७ स्थानबाट करिब ७२६ जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

साथै यसै अवसरमा कोशी प्रदेश अन्तर्गत धरान शाखाले विराट मेडिकल कलेजको सहकार्यमा रेलवे चोक धरानमा निःशूल्क स्वास्थ्य शिविर समेत संचालन गरेको छ । शिविरमा करीब १५० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथसाथैे आवश्यक औषधीहरु समेत निःशूल्क वितरण गरेको छ । बैंकले स्थापना काल देखिनै संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक रूपान्तरण तथा सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति काम गर्ने संघ संस्थाहरुलाई सहयोग गर्दै आइरहेकोमा स्नो याक फाउन्डेशन लाई १,००,००० (अक्षररुपी एक लाख मात्र) आर्थिक सहयोग उपलब्ध गराएको छ । बैंकले आगामी दिनहरुमा अझै उच्चस्तरिय सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

ग्राहकको सुविधालाई सदैव केन्द्रविन्दुमा राखेर काम गर्ने क्रममा नेपालका विभिन्न सेवा प्रदायकहरुसँग सहकार्य गर्दै आएको बैंकले हालसालै भारतको मेदान्त मेडिसिटि अस्पतालसँग पनि बैंकका कार्डवाहक ग्राहकहरुलाई अस्पतालको सेवाशुल्कमा १५ प्रतिशत सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ । साथै बैंकले डिजिटल बैकिंलाई उच्च प्राथमिकतामा राख्दै आफ्ना ग्राहकमहानुभावहरुको सहजताका लागि कार्ड लेस क्यास विथड्रल सेवा एवं कियोस्क सेवामार्फत ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्टप्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोगबिनानै प्राप्तगर्न सक्ने सुविधा सञ्चालनमा ल्याइसकेको छ ।

नयाँ प्रविधिलाई आत्म साथ गर्नुका साथै ग्राहकहरुको अमूल्य समयको सदुपयोगलाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरु प्रदान गर्ने उद्देश्यका साथ बैंकमा उपस्थित भई के.वाई.सी.अध्यावद्यिक गर्ने बाध्यतालाई अन्त्यगर्दै ई.के.वाई.सी.सेवासमेत सञ्चालनमा ल्याईसकेको छ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले कर्मचारीको सहयोग बिना नै सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने साथै डिजिटल बैंकिङ्ग सभ्यताको समेत विकास हुने विश्वास बैंकले लिएको छ । आगामी दिनमा डिजिटल बैकिङ्ग सेवाको विकासमा बैंक अझै सशक्त रूपमा प्रस्तुत हुने लक्ष्य बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL