Logo

महालक्ष्मी विकास बैंकको “११% महालक्ष्मी डिवेन्चर–२०८९” ऋणपत्र पूर्ण रूपमा बिक्री

महालक्ष्मी विकास बैंकको “११% महालक्ष्मी डिवेन्चर–२०८९” ऋणपत्र पूर्ण रूपमा बिक्री



काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले गत चैत्र २९ गतेदेखि निष्कासन खुल्ला गरेको “११% महालक्ष्मी डिवेन्चर–२०८९” तोकिएको समय भित्रै पूर्ण रूपमा बिक्री भएको छ । बैंकले दश वर्ष अवधि तथा वार्षिक ब्याजदर एघार प्रतिशत भएको ऋणपत्र जारी गरेको थियो ।

laxmi

जसअनुसार एक हजार रुपैयाँ अंकित मूल्यका दश लाख कित्ताले हुन आउने जम्मा रकम रु. एक अर्ब रुपैयाँ बराबरको ऋणपत्रमध्ये साठी प्रतिशत रकम व्यक्तिगत तवरबाट र चालिस प्रतिशत रकम सर्वसाधारणका लागि निष्कासन गरिएकामा सबै विक्री भएको हो ।

ऋणपत्र खरिदका लागि छिटोमा वैशाख ४ गते र ढिलोमा वैशाख १३ गतेसम्म आवेदन दिइसक्नुपर्ने व्यवस्था गरिएको थियो । बैंकको ऋणपत्र तोकिएको छिटो अवधि अर्थात वैशाख ४ गते नै डेढ गुणाले भन्दा बढी खरिद भएको हो । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एन आई सी एसिया क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL