Logo

‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना सञ्चालनमा, २ करोड सम्मको कर्जा लिन ३ कार्य दिनभित्रै दिने

‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना सञ्चालनमा, २ करोड सम्मको कर्जा लिन ३ कार्य दिनभित्रै दिने



काठमाडौँ । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना सञ्चालनमा ल्याएको छ । केही समयदेखि बजारमा देखिएको तरलता संकट संगै ग्राहकहरुले कर्जा पाउन नसकिरहेको अवस्थामा यो योजना घोषणा गरिएको बैंकको भनाइ छ ।

laxmi

बैंकले कर्जा आवश्यक परेमा कुनै पनि शाखा कार्यालयहरुमा सम्पर्क राख्न आग्रह गरेको छ । यस योजना अन्तर्गत रु २ करोड सम्मका साना तथा मझौला व्यवसाय कर्जा, कृषि कर्जा, घर कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शैक्षिक कर्जा, जग्गा खरीद तथा अन्य व्यक्तिगत कर्जा प्रदान गरिने बैंकको भनाइ छ । यस योजना अन्तर्गत कर्जा लिन इच्छुक कर्जाग्राहीहरुले सम्पूर्ण आवश्यक कागजातहरु पुरा गरेको ३ कार्य दिन भित्रै सर्वशुलभ व्याजदरमा कर्जा दिने बैंकले जनाएको छ ।

यस योजनामा सहभागी भई कर्जा लिन इच्छुक ग्राहकहरुले नजिकको शाखा कार्यालयमा सम्पर्क राखेर वा मोबाईल नम्बर ९८०१११००२३ मा मिस्ड कल गरी गरेर आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL