Logo

राष्ट्र बैंकले १५ अर्बभन्दा बढी रकम ट्रेजरी बिलमार्फत बोलकबोल गर्दै, सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्ने

राष्ट्र बैंकले १५ अर्बभन्दा बढी रकम ट्रेजरी बिलमार्फत बोलकबोल गर्दै, सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार १५ अर्ब ४ करोड रुपैयाँ बढीको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । बैंकले आज फागुन २१ गते सो ट्रेजरी बिल जारी गरेर फागुन २३ गते बोलकबोल गर्ने गरी २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिल निकाल्न लागेको हो ।

laxmi

राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँ, ९१ दिनका लागि ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ र १८२ दिनका लागि ७ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यी ट्रेजरी बिल क्रमशः चैत २१ गते, २०८० वैशाख जेठ २३ गते र २०८० भदौ १९ गते परिपक्व हुनेछन्।

बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । यी ट्रेजरी बिलका आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ । ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

प्रतिक्रिया दिनुहोस्
MBL