Logo

६ महिनामा एनएमबि बैंकले कमायो एक अर्ब ९० करोड नाफा, यस्ता छन् अन्य सूचक

६ महिनामा एनएमबि बैंकले कमायो एक अर्ब ९० करोड नाफा, यस्ता छन् अन्य सूचक



काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्म एनएमबि बैंकले एक अर्ब ९० करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा उक्त नाफा ११.०८ प्रतिशतले वृद्धि भएको हो ।

laxmi

बैंकले शनिबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणानुसार गत वर्षको सोही अवधिमा एक अर्ब ७१ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकले ब्याज अम्दानीमार्फत चार अर्ब २६ करोड ९२ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा यस्तो आम्दानी दुई अर्ब ७१ करोड ५५ लाख रुपैयाँ थियो ।

यो वर्ष बैंकको इम्पेरमेन्ट चार्ज बढेको छ । बैंकको सञ्चालन नाफा वृद्धि भएको छ । वित्तीय विवरणानुसार इम्पेरमेन्ट चार्ज ६२ करोड १९ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यस्तो चार्ज १६ करोड ५६ लाख रुपैयाँ ऋणत्मक थियो । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म दुई अर्ब ७१ करोड ८६ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले दुई अर्ब ४२ करोड २९ लाख रूपैयाँ सञ्चालन नाफा गरेको थियो ।

यस अवधिमा बैंकले एक खर्ब ९२ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । एक खर्ब ८३ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो बैंकको चुक्ता पुँजी हाल १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ छ । रिटेन्ड अर्निग एक अर्ब २३ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोष रकम सात अर्ब ६० करोड ४४ लाख रुपैयाँ छ ।

बैकको खराब कर्जा बढेको छ । गत वर्षको पुस मसान्तसम्म १.४९ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्षको सोही अवधिमा २.२४ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL