Logo

सेञ्चुरी प्रभुमा गाभ्न राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति, पुस अन्तिममा एकिकृत कारोबार

सेञ्चुरी प्रभुमा गाभ्न राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति, पुस अन्तिममा एकिकृत कारोबार



काठमाडौं । सेन्चुरी कमर्सियल बैंकलाई प्रभु बैंकमा एक्वायर गर्नका लागि राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिले सोमबार सेन्चुरी बैंकलाई प्रभु बैंकमा गाभ्नका लागि अन्तिम स्वीकृति प्रदान गरेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

laxmi

राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै बैंकले पुस अन्तिमबाट एकिकृति कारोबार सुरु गर्ने भएको छ । हाल सबै प्रक्रिया अन्तिम चरणमा पुगेको र पुस अन्तिमबाट एकिकृति कारोबार सुरु गरिने प्रभु बैंक स्रोतले जानकारी दिएको छ ।

दुई बैंक एक भएसँगै प्रभु बैंकको नामबाट एकिकृत कारोबार सुरु हुने छ । साथै बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन रहनेछन् । यसैगरी सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलाई भने वरिष्ठ प्रमुख कार्यकारी अधिकृत बनाइने सहमति भएको छ ।

एकिकृत कारोबारसँगै प्रभु बैंकको चुक्ता पूँजी २३ अर्ब ५४ करोड रुपैयाँ हुनेछ । हाल प्रभु बैंकको पुँजी १३ अर्ब ५३ करोड ४७ लाख रुपैयाँ छ । सेन्चुरीको पुँजी १० अर्ब ७७ लाख रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL