Logo

GBIME

कामना सेवा विकास बैंकको २६ औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंकको २६ औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले सेवा विस्तार गर्दै आइतबारबाट रुपन्देही जिल्लाको तिलोत्तमा न.पा. वडा नं. ३ मा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

तिलोत्तमा न .पा. वडा नं ०३ स्थित न्यू पाल्पाली जनरल स्टोर्स (प्रो. मुना घिमिरे) शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

बैंकका सञ्चालक श्री भिम प्रसाद तुलाचन र वडा नं. ०३ का वडा अध्यक्ष कल्याण प्रसाद पौडेलले संयुक्त रुपमा शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
NBL
NCHL