Logo

दशैंको अवसरमा सनराइज बैंकको निःशुल्क बस यात्राको सुविधा, काठमाडौंमा ३० वटा बसबाट सेवा

दशैंको अवसरमा सनराइज बैंकको निःशुल्क बस यात्राको सुविधा, काठमाडौंमा ३० वटा बसबाट सेवा



काठमाडौं । सनराइज बैंकले आफ्नो १५ औं वार्षिक उत्सवको अवसर र नेपालीहरुको महान चाड दशैंलाई मध्यनजर गर्दै निःशुल्क बस यात्राको सुविधा प्रदान गरेकोछ ।

दशैंको बेला काठमाडौंमा सार्वजनिक यातायातको अभाव हुने र त्यस अभावलाई केही हदसम्म न्युनिकरण गर्ने अभिप्रायसाथ बैंकले निःशुल्क बस सेवा दशैको टिकाको दिन अर्थात आश्विन १९ गते, बुधवार संचालन गरेको छ ।

सनराइज बैंकले साझा यातायात संग सहकार्य गरीे काठमाडौं, ललितपुर र भक्तपुरका सम्पूर्ण साझा बसहरु निशुल्क संचालन गरेको हो । करिब ३० वटा बसहरु मार्फत बिहान ८ बजे देखि साझ ६ बजे सम्म सेवा दिइने बैंकले जनाएको छ । बंैकले यहि आश्विन २५ गते आफ्नो १५ औं वार्षिक उत्सव मनाउदैछ

प्रतिक्रिया दिनुहोस्
MBL