Logo

सानिमा बैंकको नयाँ शाखा अब ठिमी र कपनमा, शाखा संख्या १२९ पुग्यो

सानिमा बैंकको नयाँ शाखा अब ठिमी र कपनमा, शाखा संख्या १२९ पुग्यो



काठमाडौं । सानिमा बैंक लिमिटेडले असोज १४ गते ठिमी र कपनमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखाहरुको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) तथा बैंकका संचालक भरत कुमार पोख्रेलले संयुक्त रुपमा गरे ।

समुद्घाटन् समारोहमा मह जोडीले ठिमी र कपनमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै गुणस्तरीय सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताए । सानिमा बैंकको देशका सातै प्रदेशमा १२९ कार्यालयहरु र १२० वटा एटिएम संजालहरु संचालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL