Logo

सानिमा बैंकको दराजसँग सहकार्य, दराजबाट सामान खरिद गर्दा बैंकका ग्राहकलाई विशेष छुट

सानिमा बैंकको दराजसँग सहकार्य, दराजबाट सामान खरिद गर्दा बैंकका ग्राहकलाई विशेष छुट



काठमाडौं । सानिमा बैंकले ग्राहकहरूका लागि दराजसँग दसैँ धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर ग्राहकहरूले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार ५ सय सम्मको छुट प्राप्त गर्न सक्नेछन् । योजना अवधिभर सहभागी हुने ग्राहकहरूलाई ‘पहिलोलाई प्राथमिकता’ को आधारमा छुट प्रदान गरिने छ ।

छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सकिनेछ । यो योजना २०७९ भाद्र २९ देखि आश्विन ११ गतेसम्म १४ दिनका लागि लागू हुनेछ ।

साथै, सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई मासिक किस्ताबन्दी सुविधा लिँदा रु. ५०० को क्यासब्याक पनि प्रदान गर्नेछ । क्यासब्याक योजना २०७९ आश्विन १ देखि कार्तिक ३० गतेसम्म लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL