Logo

युवा उद्यमशीलता विकासमा ज्योति विकास बैंकको जोड, ५ बिजनेस इन्क्युवेसन सेन्टर स्थापनाका लागि सहयोग

युवा उद्यमशीलता विकासमा ज्योति विकास बैंकको जोड, ५ बिजनेस इन्क्युवेसन सेन्टर स्थापनाका लागि सहयोग



काठमाडौं । ज्योति विकास बैंकले युथ स्किल ल्याबसँग सहकार्यको सम्झौता गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वका लागि स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत देशका ५ विभिन्न सरकारी कलेजहरुमा विजनेस इन्कुबेसन सेन्टर स्थापना गर्न उक्त ल्याबसँग सम्झौता गरेको हो ।

आइतबार एक कार्यक्रमका बीच ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल र युथ स्किल ल्याबका तर्फबाट स्किल ल्याबका संस्थापक निर्देशक नन्द किशोर मण्डलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। उक्त सम्झौता बमोजिम ज्योति विकास बैंकले ५ वटा सरकारी कलेजमा उद्यमशीलता विकास र प्रवर्द्धनका लागि विजनेस इन्कुबेसन सेन्टर स्थापना गर्न सहयोग गर्नेछ।

उक्त विजनेस इन्कुबेसन सेन्टरमा विधार्थीहरुले निःशुल्क रुपमा उद्यमशीलता तालिम, विकास र संचालनमा सहयोगको साथै उद्यम सुचारु गर्न लगानीकर्तासँग सहकार्यको अवसर पनि प्राप्त गर्नेछन्। सहकार्यको साझेदार युथ स्किल ल्याबले यस कार्यक्रम संचालन र व्यवस्थापन गर्नेछ ।

बैंकले संस्थागत रुपमा नै उद्यमशील वातावरण सिर्जना गरी उद्यमशीलताको विकास गर्न, कलेजमा अध्ययनरत विद्यार्थीहरुको नवीन विचारहरूलाई अवधारणाबाट वास्तविक गति दिन तथा त्यस्ता विद्यार्थीहरुलाई स्वरोजगार उन्मुख बनाई दीर्घकालीन लाभ सिर्जना गर्ने उद्देश्यसहित सो परियोजनामा सहकार्य गरेको हो। उद्यमशीलता विकासले देशको अर्थतन्त्रमा दिगो योगदान पुर्याउने र दक्ष युवाहरुलाई अवसर प्रदान गर्ने सोचका साथ बैंकले विजनेस इन्कुबेसन सेन्टर स्थापना गर्ने पहल अघि सारेको हो। देशका विभिन्न ठाउँबाट अध्ययन गर्न आउने विद्यार्थीहरुलाई उद्यमी बनाउँदा ती ठाउँहरुको विकासमा पनि सहयोग हुने अपेक्षा बैंकले राखेको छ।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित ूहाम्रो विकास प्रवर्द्धन कोषू मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ।

ज्योति विकास बैंकले हाल ११९ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ६५ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This