Logo

कुमारी बैंक र द बर्गर हाउसबीच सम्झौता, बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट

कुमारी बैंक र द बर्गर हाउसबीच सम्झौता, बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट



काठमाडौँ । कुमारी बैंक लिमिटेड र सुर्खेतस्थित द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनबीच आफ्ना ग्राहकवर्गलाई सेवाहरुमा कुमारी बैंकका डेबिड/क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

laxmi

सम्झौता पश्चात् कुमारी बैंकका ग्राहक वर्गले वीरेन्द्रनगर, सुर्खेतस्थित द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनका विभिन्न आउटलेट तथा खानपिनमा दश प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १९१ एटिएम, ४९ शाखा रहित बैंकिङ्ग इकाई तथा २४ एक्सटेन्शन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL