Logo

ऋणीको धितो लिलाम गर्न बैंकलाई राष्ट्र बैंकको छुट, असुलीमा छैन रोक

ऋणीको धितो लिलाम गर्न बैंकलाई राष्ट्र बैंकको छुट, असुलीमा छैन रोक



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ऋणीको धितो लिलाम गर्न छुट दिएको छ । यसअघि कोभिड–१९ बाट प्रभावित ऋणीको हकमा ६ महिना भन्दा बढीको ब्याज बक्यौता नरहेको अवस्थामा धितो लिलामी प्रक्रिया २०७८ असार मसान्तसम्मका लागि स्थगन गर्नु पर्ने भन्दै हालसम्म त्यसैलाई निरन्तरता दिँदै आएको थियो ।

laxmi

साथै उक्त प्रयोजनका लागि, कोभिड– १९ बाट प्रभावित ऋणीले आफ्नो उद्योग व्यवसाय तथा आयश्रोतबाट सम्पुर्ण किस्ता भुक्तान गर्न नसकि ब्याज बक्यौतामात्र चुक्ता गर्न चाहेमा सोको विवरण तथा विस्तृत जानकारी लिखित रुपमा माग गरी बैंक तथा वित्तीय संस्थाले किस्ताको ब्याज मात्र असूल उपर गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले सम्बद्ध बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो । तर आजै मात्र राष्ट्र बैैंकले नयाँ निर्देशन जारी गर्दै ऋणीलाई दिएको उक्त सुविधा हटाएको हो । अबका दिनमा बैंकहरुले ऋणीको धितो लिलाम गरी आफ्नो ऋण असुल गर्न सक्नेछन् ।

यस्तै राष्ट्र बैंकले कोभिडको समयमा संचालनमा पूर्ण रोक लगाइएका उद्योग, पेशा, व्यवसायको सम्बन्धमा निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असूलीसम्बन्धी सूचना वा लिलामीसम्बन्धी सूचना जारी गर्न नपाइने व्यवस्था गरेको थियो । तर राष्ट्र बैंकले नयाँ निर्देशन जारी गर्दै यस अघि दिइएको सबै सुविधा खारेज गरिदिएको हो । यससँगै बैंक तथा वित्तीय संस्थालाई ऋणीको धितो लिलामी गरेर असुली गर्न पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL