Logo

कुमारी बैंक र दाङको होटेल ए–१ लभली स्टारबीच सम्झौता, बैंकका ग्राहकलाई लजिङ फुडिङमा विशेष छुट

कुमारी बैंक र दाङको होटेल ए–१ लभली स्टारबीच सम्झौता, बैंकका ग्राहकलाई लजिङ फुडिङमा विशेष छुट



काठमाडौं । कुमारी बैंक लिमिटेड र लमही, दाङस्थित होटेल ए–१ लभली स्टारबीच सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकहरुलाई होटेल ए–१ लभली स्टारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्नेगरी उक्त सम्झौताको समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

laxmi

डिजिटल कारोबारमा ग्राहकहरू आकर्शित भाईरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले उक्त सहकार्यग गरेको जानकारी दिएको छ । यसमार्फत होटेल ए–१ लभली स्टारका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरिएको छ । बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले उक्त होटेलको लजिङ शुल्कमा १५% र फुडिङ शुल्कमा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १ सय ९७ शाखा सञ्जाल, १ सय ९१ एटिएम, ४८ शाखारहित बैंकिङ ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL