Logo

सिद्धार्थ बैंककोे श्रीवृद्धि मुद्दती खातामा १० गुणासम्म प्रतिफल, न्यूनतम १० हजार जम्मा गरी खाता खोल्न सकिने

सिद्धार्थ बैंककोे श्रीवृद्धि मुद्दती खातामा १० गुणासम्म प्रतिफल, न्यूनतम १० हजार जम्मा गरी खाता खोल्न सकिने



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको आवश्यकता र मागहरुलाई ध्यानमा राखेर निक्षेप रकमको १० गुणा सम्म प्रतिफल प्राप्त हुने ‘सिद्धार्थ श्रीवृद्धि मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ ।

व्यक्तिगत, संस्थागत एवं रेमिन्ट्यान्स ग्राहकवर्गहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दती खातामा न्यूनतम १० हजार जम्मा गरी खाता खोल्न सकिने बैंकले जनाएको छ ।

यस मुद्दती खातामा ग्राहकवर्गहरुले बैंकद्वारा तोकिएको समयावधि पश्चात् आफ्नो साँवा रकमको २ गुणा देखि १० गुणा सम्मको प्रतिफल प्राप्त गर्न सक्नेछन् । यसका अतिरिक्त, ग्राहकवर्गहरुले आफ्नो साँवा रकमको ९० प्रतिशत सम्मको कर्जा सुविधा पाउनुका साथै १०० प्रतिशत सम्मको क्रेडिट कार्ड सुविधा समेत प्राप्त गर्न सक्नेछन् ।

ग्राहकवर्गहरुलाई उक्त क्रेडिट कार्ड जारी गर्दा कुनै पनि शुल्क लाग्ने छैन । सिद्धार्थ बैंककोे १९० शाखा कार्यालयहरुबाट सहजै यो मुद्दती खाता खोल्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL