Logo

गरिमा विकास बैंकले चण्डेश्वरी अस्पतालमा गर्यो वृक्षारोपण, जलवायु परिवर्तन न्यूनीकरणमा सहयोगको लक्ष्य

गरिमा विकास बैंकले चण्डेश्वरी अस्पतालमा गर्यो वृक्षारोपण, जलवायु परिवर्तन न्यूनीकरणमा सहयोगको लक्ष्य



काठमाडौं । गरिमा विकास बैंकले टोखा चण्डेश्वरी अस्पतालमा वृहत वृक्षारोपण गरेको छ । बैंकले बढ्दो जलवायु परिवर्तन न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जगेर्ना तथा प्रबद्र्धन गर्ने लक्ष्यसहित वृक्षारोपण गरेको हो ।

कम्पनीले आज असार २८ गते मंगलबारका दिन टोखा नगरपालिका २ स्थित टोखा चण्डेश्वरी अस्पताल परिसरमा वृक्षारोपण गरेको जनाएको छ । टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालको आतिथ्यतामा वृक्षारोपण गरिएको हो ।

कार्यक्रममा करिव २०० विभिन्न प्रजातिका फलफुलका बिरुवाहरू अस्पताल परिसरमा रोपिएको थियो । उक्त कार्यक्रममा टोखा नगरपालिका वडा नं २ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, फ्रेन्डसिप ग्रुप अफ टोखाका संस्थापक अध्यक्ष केदार श्रेष्ठ र टोखा चण्डेश्वरी अस्पतालका अध्यक्ष युथ महर्जनहरूको सहभागिता थियो ।

यस विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ एटिएमबाट सेवाग्राहीलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL