Logo

सांग्रिला बैंकले केन्द्रिय कार्यालय बालुवाटारको शौचालयलाई निशुल्क सार्वजनिक रुपमा प्रयोग गर्न दिने

सांग्रिला बैंकले केन्द्रिय कार्यालय बालुवाटारको शौचालयलाई निशुल्क सार्वजनिक रुपमा प्रयोग गर्न दिने



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो केन्द्रिय कार्यालय बालुवाटार काठमाडौं परिसरमा रहेको शौचालय सार्वजनिक शौचालयको रुपमा सर्वसाधारण नागरिकलाई निशुल्क प्रयोग गर्न दिने भएको छ ।

काठमाडौं महानगरपालिकाले महानगर भित्र संचालनमा रहेका होटल, रेष्टुरेण्ट, बैंक, व्यवसायिक कम्प्लेक्स, सपिङ्ग मल, गैरसरकारी संस्था तथा अन्य व्यवसायीलाई ऐच्छिक रुपमा आफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि खुला गर्न आह्वान गरेकाले काठमाडौं महानगरपालिका कार्यालयसँग समन्वय गरी बैंक र महानगरपालिका बीच सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख संचालन अधिकृत अपूर्वप्रसाद जोशी र काठमाण्डौ महानगरपालिकाको मातहतमा रहेको सार्वजनिक निजी साझेदारी एकाईका नुरनिधि न्यौपानेले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार सांग्रिला बैंकको केन्द्रीय कार्यालय, बालुवाटार परिसरमा रहेको शौचालय सार्वजनिक शौचालयको रुपमा सर्वसाधारणले प्रयोग गर्न सक्ने छन् । बैंकको यस निर्णयले सर्वसाधारण नागरिकलाई सहजताका साथ शौचालय उपलब्ध गराउने काठमाडौँ महानगरपालिकाको प्रयासमा सहयोग पु¥याउने विश्वास बैंकले लिएको छ । केन्द्रीय कार्यालयको कार्य समय अर्थात् विहान ९.३० वजे देखि ५ वजे सम्म मात्र यस कार्यालयको परिसरमा रहेको शौचालय सर्वसाधारणले प्रयोग गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL